१५ साउन २०८२, बिहिबार

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : डा. शेखर कोइराला

Logo
Pulse Khabar बुधबार, साउन १४, २०८२

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान पाँचदलीय गठबन्धन सरकार कम्तीमा पनि २०८४ सालसम्म निरन्तर रहने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति जनतालाई अनुभूति हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

डा. कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटलाई सामान्य राजनीतिक प्रक्रिया भएको स्पष्ट पार्दै भने, “राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ, अन्यथा राजनीति धरापमा पर्छ ।”

उनले संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको तर व्यक्तिगत रूपमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा पनि राखे ।

कांग्रेस नेताले गठबन्धन निर्माणका क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पार्टीभित्र हाल संसदीय दलको नेता परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

फरक प्रसङ्गमा उनले कांग्रेसको आगामी महाधिवेशन निर्धारित समय २०८२ सालमै हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206