०१ माघ २०८२, बिहिबार

कपिलवस्तुमा बस दुर्घटना : १० जनाको मृत्यु, ४० जना घाइते

Logo
Pulse Khabar बिहिबार, फाल्गुण ०३, २०८०

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४० जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सुनौलो महाकाली यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट खसेर दुर्घटना भएको हो ।

मृतकहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ११ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206