१२ कार्तिक २०८३, बुधबार

झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो

Logo
Pulse Khabar बुधबार, कार्तिक १२, २०८३

भद्रपुर: झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ ।

असोजमा भएका १५५ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार भदौमा ८८ सवारी दुर्घटना भएकामा असोजमा १५५ पुगेको हो । एक महिनाको अवधिमा दुर्घटनाको सङ्ख्या ६७ ले बढेको छ । भदौमा चार जनाको मृत्यु भएकामा असोजमा १३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, भदौमा १३५ जना घाइते भएकामा असोजमा यो सङ्ख्या बढेर २४७ पुगेको छ ।यसअघि साउनमा ३९ वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । प्रहरीको तथ्याङ्कले साउनदेखि असोजसम्म दुर्घटनाको सङ्ख्या निरन्तर बढेको देखाउँछ । यद्यपि, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने साउनको तुलनामा भदौमा घटेको थियो ।

प्रहरीका अनुसार भदौमा भएका ८८ दुर्घटनामध्ये ७८ चालकको लापरवाहीका कारण भएका थिए । असोजमा पनि चालकको लापरवाहीका कारण ८७ वटा दुर्घटना भएको विवरणमा उल्लेख छ ।यसैबीच, असोजमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६३ सवारीसाधन कारबाहीबाट रु २० लाख ५१ हजार ५०० राजस्व सङ्कलन भएको प्रहरीेले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206