१२ कार्तिक २०८३, बुधबार

चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

Logo
Pulse Khabar बुधबार, कार्तिक १२, २०८३

कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबीच प्रतिस्पर्धा हुने भएको छ ।

मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम युवा क्लबलाई ३–१ गोलको अन्तरले पराजित गर्दै हाम्रो एकता हाम्रो बल महेन्द्रनगर फाइनल प्रवेश गरेको हो । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा सङ्घर्ष स्पोट्स क्लबलाई १–० ले पराजित गर्दै एपिएफ क्लब फाइनल प्रवेश गरेको थियो ।सिद्धार्थ युवा क्लबको आयोजनामा पुनर्वास नगरपालिका–७ मा जारी प्रतियोगिताको फाइनल खेल बिहीबार हुने आयोजक सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाखसहित ६४ तोला चाँदी जडित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टोलीलाई नगद रु एक लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

दसैँ तथा तिहारको अवसर पारेर ‘लागुऔषध नियन्त्रणमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ गत असोज २४ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका २९ वटा टोलीको सहभागिता थियो । फुटबलको विकाससँगै स्थानीय पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । यो प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206