१२ कार्तिक २०८३, बुधबार

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई सहयोग

Logo
Pulse Khabar बुधबार, कार्तिक १२, २०८३

ताप्लजेजुङ: ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मृगौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरेको हो । समाजका महासचिव दिनेश लिङ्खिमका अनुसार फुङलिङ नगरपालिका–६ का दिनेश मादेनलाई रु ८० हजार तथा मेरिङदेन गाउँपालिका–२, सान्थाक्राका मिङमा खाङ्डु शेर्पा र सोही वडाका मिङ्मा छेम्बी शेर्पालाई जनही रु ४० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो । मादेनको मेरुदण्डमा समस्या देखिएपछि हाल काठमाडौँमा उपचार भइरहेको छ ।

त्यस्तै, मिङमा खाङ्डु मृगौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने मिङ्मा छेम्बी घाँटीको क्यान्सरको उपचार गराइरहनुभएको छ ।सहयोग रकम समाजका महासचिव लिङ्खिमले बिरामीका आफन्त तथा प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको हो ।ताप्लेजुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका युवाको साझा संस्थाका रूपमा सन् २०२२ मा स्थापना भएको यस समाजले हालसम्म रु ४६ लाख आर्थिक सहयोग प्रदान गरिसकेको महासचिव लिङ्खिमले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206