०९ साउन २०८२, शुक्रबार

अकबरे खुर्सानीले किसानको आम्दानी बढाउँदै

Logo
Pulse Khabar बिहिबार, साउन ०८, २०८२

भोजपुर । भोजपुर जिल्लामा व्यावसायिक रूपमा लगाइने अकबरे (डल्ले) खुर्सानी खेती कृषकहरूको प्रमुख आम्दानीको स्रोत बन्न थालेको छ। भोजपुरको पौवादुङमा गाउँपालिका लगायतका क्षेत्रका कृषकहरू पछिल्लो समय व्यावसायिक रुपमा खुर्सानी खेती गरिरहेका छन् ।

स्थानीय बजारमा अकबरे खुर्सानी प्रतिकेजी २ सयदेखि ४ सय रुपैयाँसम्म बिक्री हुने गरेको कृषकहरूले बताएका छन् । पौवादुङमा–४ की कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर खर्च सहजै जोहो गर्न सकिने भएकोले अकबरे खेती थालेको बताए । बजारमा माग उच्च भएकाले उत्पादनमा वृद्धि गर्ने योजना रहेको थापाको रहेको छ ।

त्यसैगरी, कृषक नभराज फुयालले बजार व्यवस्थापनको कुनै समस्या नरहेको बताए । उनले भने, “ठेकेदारहरू बारीमै आएर खरिद गर्ने भएकाले बिक्री गर्न समस्या छैन् । मूल्य पनि सन्तोषजनक छ, यसैले धेरै किसान खुर्सानी खेतीतर्फ उन्मुख भएका छन् ।”

पौवादुङमा गाउँपालिकाका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईका अनुसार पालिकामा करिब ५ सय हेक्टर क्षेत्रफलमा खुर्सानीखेती भइरहेको छ । यहाँका करिब ९ सय कृषक यस व्यवसायमा संलग्न छन्।

पौवादुङमा–४ का कृषक ध्रुव राईले गत वर्ष १२ रोपनी क्षेत्रफलमा गरिएको खुर्सानी खेतीबाट बार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । यो वर्ष उनले २० रोपनीमा खेती विस्तार गरेका छन् । राईले यो वर्ष १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका छन् ।

कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवका अनुसार, गत आर्थिक वर्षमा भोजपुरमा ६ सय हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिएको थियो । सो अवधिमा करिब २५ करोड रुपैयाँ बराबरको खुर्सानी बिक्री भएको थियो । यस वर्ष ६०९ हेक्टर क्षेत्रमा खेती भइरहेको र रोग तथा किराको प्रकोप न्यून रहेमा करिब २८ देखि २९ करोड रुपैयाँको उत्पादन हुने अपेक्षा गरिएको छ ।

केन्द्रका अनुसार भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकालगायतका क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । यहाँ उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा, विर्तामोड, काठमाडौं लगायतका सहरमा ठेकेदारमार्फत आपूर्ति हुने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206