

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आज बिहान छोराले बाबुको छुरा प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ४० वर्षीय मोहम्मद रियाज अन्सारीले जग्गाको विवादका क्रममा आफ्ना ६० वर्षीय बाबु सबिब अन्सारीको छाती र ढाडमा छुरा प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका सबिबको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घटना भएपछि आरोपी मोहम्मद रियाजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।