०८ साउन २०८२, बिहिबार

पुष्पलाल स्मृति दिवस दीप प्रज्वलन

Logo
Pulse Khabar बुधबार, साउन ०७, २०८२

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले नेकपा संस्थापक महासचिव जननेता पुष्पलाल श्रेष्ठको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम गरी पुष्पलाल स्मृति दिवस मनाएको छ । आज साँझ विराटनगरको पुष्पलाल चोकस्थित पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरि दीप प्रज्जवलन गर्दै मनाइएको सचिव विज्ञान चापागाईले बताए ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्यद्वय नरेन्द्र बस्नेत र सरस्वती खरेल, जिल्ला कमिटी सचिव सोमराज थापा, प्रदेशसभा सदस्य ललिता चौधरी, नेता महेश भट्टराई, विराटनगर महानगर वडा नं १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नं. ३ का अध्यक्ष बासु बस्नेत, वडा नं. ४ का अध्यक्ष जितन थापा, वडा नं. १९ का अध्यक्ष श्याम घिमिरेलगायत नेताकार्यकर्ता तथा जनप्रतिनिधिहरूको उपस्थिति थियो।

दीप प्रज्वलन गर्दै एमाले विराटनगर अध्यक्ष बलराम गिरीले नेकपाको स्थापना गर्दै गर्दा पुष्पलालले देखेको सपना पुरा हुने चरणमा रहेको बताए । उनले पुष्पलालले समानता र सामाजिक न्यायको लागि कम्युनिष्ट पार्टी रोजेको स्मरण गर्दै त्यसको अनुसरण गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेताहरूले जननेता पुष्पलालको योगदानको स्मरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा उनका सिद्धान्त र आदर्शलाई पछ्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा पुष्पलाल श्रेष्ठको सालिकमा पुष्पगुच्छा अर्पण र दीप प्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

 

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206