०३ कार्तिक २०८३, सोमबार

क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु

Logo
Pulse Khabar सोमबार, कार्तिक ०३, २०८३

क्यानाडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा आगलागी हुँदा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

प्रधानमन्त्री मार्क कार्नीले घटनालाई शान्तिकालमा क्यानाडाली सशस्त्र सेनाले सामना गरेका गम्भीर दुर्घटनामध्ये एक बताउनुभएको छ ।शनिबार अपराह्न प्रशिक्षण क्षेत्रमा सुरु भएको आगो तीव्र गतिमा फैलिँदा अभ्यासरत सैनिकहरू प्रभावित भएका थिए । अधिकारीहरूका अनुसार १९ जना गम्भीर घाइते भएका छन् । आगलागीको कारण पत्ता लगाउन कम्तीमा एक महिना लाग्न सक्ने मेजर जनरल वेड रटल्यान्डले बताउनुभयो । प्रारम्भिक निरीक्षणमा ऊर्जा पूर्वाधारमा क्षति पुगेको सङ्केत नदेखिएको र बाह्य हस्तक्षेपको आशङ्का नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कार्नीले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेटोको सैन्य समितिका अध्यक्षले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । घटनापछि एडमन्टनस्थित अस्पतालमा घाइतेको चाप बढेको थियो ।आगलागीका कारण अल्बर्टाको अग्रिम मतदानसमेत प्रभावित भएको छ । क्यानाडाबाट अलग हुने विषयमा भविष्यमा जनमतसङ्ग्रह गर्ने प्रक्रिया अघि बढाउने कि नबढाउने भन्ने प्रस्तावमा सोमबार मतदान हुँदैछ । निर्वाचन व्यवस्थापन निकायले वेनराइटस्थित अग्रिम मतदान केन्द्र बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206