३० आश्विन २०८३, शुक्रबार

रतुवामाईमा प्रहरीद्वारा गोली प्रहार: साढे तीन क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Logo
Pulse Khabar शुक्रबार, आश्विन ३०, २०८३

विराटनगर:मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्रा खोला बगरबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गर्दा एक जना घाइते भएका छन् ।बिहीबार दिउँसो साढे १ बजेको समयमा लुकाइछिपाई राखिएको अवस्थामा ८ वटा सेतो बोरामा रहेको २६४.५९ केजी गाँजा बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको थियो । सोही स्थानमा पुनः लागूऔषधको कारोबार हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राति पौने १० बजे केही व्यक्तिहरू गाँजा लिएर भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारेको हो ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि सुरुमा १ राउन्ड हवाई फायर गरिएको र त्यसपछि पनि नियन्त्रणमा नआएपछि चलाइएको १ राउन्ड गोली लागेर भारतको अररिया जिल्ला जोगबनी बस्ने ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् । उनको घुडामुनि पिँडुलामा गोली लागेको छ ।प्रहरीले चौधरीका साथै भारतकै अररिया जिल्ला महगामा ग्राम पञ्चायत थाना ४ बस्ने ५० वर्षीय राजेन्द्र प्रसाद यादवलाई थप १०० केजी गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206