विराटनगर:कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटालाई मनोनयन गरेको हो ।आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाले सर्वसम्मतिले पारित गरेकामा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, विषयगत समितिका सभापति तथा राजनीतिक दलका प्रमुखप्रति कृतज्ञता ज्ञापन गरेको छ । यही असोज २४ गते उक्त विधेयक पारित भएको हो ।
