२९ आश्विन २०८३, बिहिबार

धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता

Logo
Pulse Khabar बिहिबार, आश्विन २९, २०८३

सुनसरी:प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागूऔषधको प्रयोग र कारोबार बढीरहेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१÷८२ देखि चालु आर्थिक वर्ष २०८३÷८४ को असोजसम्म लागूऔषधसहित विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् । सो अवधिमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका थिए । यसबाट पनि लागूऔषधको प्रयोग र कारोबारको मात्रामा वृद्धि भएको अनुमान गर्न सकिन्छ । इलाका प्रहरी कार्यालयका प्रमुख भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न कसुरका ५१७ मुद्दा दर्ता भएका थिए । उक्त अवधिमा ५८१ पुरुष र ६८ महिला पक्राउ परेका थिए । त्यसैगरी, गत आर्थिक वर्ष २०८२÷८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए । चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि असोजसम्म विभिन्न कसुरका १६१ मुद्दा दर्ता भएका छन् । उक्त अवधिमा १०३ पुरुष र आठ महिला गरी १११ जना पक्राउ परेको प्रमुख राईले बताउनुभयो ।

यस्तै, अभद्र व्यवहार, बैङ्किङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबर्जस्ती करणीलगायतका विभिन्न कसुरमा मुद्दा दर्ता भएका छन् ।प्रमुख राईका अनुसार लागूऔषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ । उमेरका आधारमा १५ देखि ५५ वर्ष समूहका व्यक्ति बढी संलग्न रहेको प्रहरीको भनाइ छ ।लागूऔषध कारोबारीले सवारीसाधनमा लुकाएर, फल्स बटम बनाएर तथा शरीरका विभिन्न भागमा लुकाई छिपाई लागूऔषध ओसारपसार र बिक्री वितरण गर्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206