२८ आश्विन २०८३, बुधबार

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

Logo
Pulse Khabar बुधबार, आश्विन २८, २०८३

काठमाडौँ:गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुनुभएको थियो । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गर्नुभएको थियो ।

स्वदेश फर्कने क्रममा इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग सङ्क्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री गुरुङ यही असोज २६ गते भारत भ्रमणमा जानुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206