२६ आश्विन २०८३, सोमबार

तीस लाख नेपालीलाई बाथ रोगको समस्या

Logo
Pulse Khabar सोमबार, आश्विन २६, २०८३

काठमाडौँ : झन्डै ३० लाख नेपालीलाई बाथ रोगको समस्या देखिएको छ ।

आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा बुद्धि पौडेलले सो तथ्य प्रकाश पार्नुभएको हो । नेपाल बाथरोगमैत्री समाजद्वारा आज यहाँ आयोजित विश्व बाथरोग दिवसका अवसरमा उहाँले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने जानकारी दिनुभयो । उहाँले उक्त रोगको समयमै उपचार नगरिए शरीरका जोर्नी बाङ्गिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जानकारी दिनुभयो । पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा केशव सिग्देलले जाडो मौसममा बाथका बिरामीको दुखाइ बढ्ने र पछिल्ला वर्षहरूमा यसका बिरामीहरू तीव्र रूपमा बढेको जानकारी दिनुभयो ।

उहाँले बाथरोगलाई धेरैजसोले केवल ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले प्रत्येक वर्ष १२ अक्टोबरमा विविध कार्यक्रमका साथ यो दिवस विश्वभर मनाउँदै आएको छ ।समाजले आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र जावलाखेलको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206