२६ आश्विन २०८३, सोमबार

उदयपुरमा प्रहरीको ठूलो सफलता: एक हजार ४० किलोभन्दा बढी गाँजा बरामद

Logo
Pulse Khabar सोमबार, आश्विन २६, २०८३

विराटनगर:उदयपुरमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।सोमबार बिहान चौदण्डीगढी नगरपालिका-१ चारघरेस्थित रानिटार-बेल्टार भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बोलेरो गाडीबाट प्रहरीले ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको हो ।गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बा १४ च २२५५ नम्बरको बोलेरो गाडीमा जाँच गर्दा २९ वटा बोरामा राखिएको गाँजा फेला पारेको थियो । गाँजासहित बोलेरो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ ।

यसैगरी, आइतबार राति इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-६ स्थित सागुरी पुलनजिकैको जंगलबाट १०० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।ताप्ली गाउँपालिका-२ का २२ वर्षीय विश्वराज राईलाई पाँचवटा बोरामा राखिएको गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ ।पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206