२६ आश्विन २०८३, सोमबार

दसैँको अवसरमा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने

Logo
Pulse Khabar सोमबार, आश्विन २६, २०८३

इलाम:छिन्टापु स्पोटिङ क्लब सन्दकपुर–२, इलामको आयोजनामा वडादसैँ अन्तर विद्यालय आमन्त्रित फुटबल प्रतियोगिता २०८३ हुने भएको छ ।

प्रतियोगिता असोज ३१ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।‘खेलकुदले जोड्छ, शिक्षा जीवनमा उज्यालो ल्याउँछ’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक खेल तालिका अनुसार समूह ‘ए’ अन्तर्गत श्याम्वल मावि ‘ए’र भगवती माविबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै समूह ‘बी’ मा आदरणीय मावि र प्रबोध मावि आमनेसामने हुनेछन् । यी खेलहरू सम्पन्न भएपछि विजेता टोलीहरू अन्य चरणका खेलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी २०८३ कात्तिक ४ गते हुनेछ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206