२६ आश्विन २०८३, सोमबार

सुनको मूल्यमा ठूलो गिरावट: तोलामा एकैपटक २१ सय रुपैयाँ घट्यो

Logo
Pulse Khabar सोमबार, आश्विन २६, २०८३

काठमाडौं:नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

अघिल्लो दिन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार दुई हजार १०० रुपैयाँले घटेर दुई लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ५२ हजार ४०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा घटेर चाँदी सोमबार प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १० ग्राम चाँदीको मूल्य तीन हजार ७८५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206