२५ आश्विन २०८३, आइतबार

बुढीगण्डकीमा बाढी: हेलिकप्टरबाट ६ जनाको जीवितै उद्धार

Logo
Pulse Khabar आइतबार, आश्विन २५, २०८३

काठमाडौं:प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको बताएका हुन् ।प्रधानमन्त्री शाहका अनुसार उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ । काठमाडौंमा रहेको विपद् प्रतिकार्य टोलीसमेत हवाई साधनमार्फत जगत क्षेत्रमा पुगेको छ ।बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको छ ।

बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको धार्चे र चुमनुब्री क्षेत्र प्रभावित भएका छन् । बाढीले निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ । दोभानखोला जलविद्युत् आयोजनाको बेलिब्रिज तथा भवनमा पनि क्षति पुगेको छ । यस्तै, यारुखोलाको बेलिब्रिज र भवनसमेत बाढीले बगाएको छ । बाढीका कारण नदी तटीय क्षेत्र र आसपासका बस्तीमा जोखिम बढेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206