२५ आश्विन २०८३, आइतबार

बाढीपछि १० जना बेपत्ता, खोजी र उद्धार कार्य तीव्र

Logo
Pulse Khabar आइतबार, आश्विन २५, २०८३

गोरखा:चुमनुब्री गाउँपालिका-६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।

आज (आइतबार) बिहान आएको बाढीले उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउनेका तीन घरका पाँच जना सम्पर्कविहीन भएको स्थानीय दिपेश लामाले जानकारी दिए ।लामाका अनुसार आइतबार बिहान ४ बजे उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । पहिरोका कारण खोला केही समय थुनिएपछि एक्कासि खुलेर बाढी आएको हो । बाढीपछि १० जना सम्पर्कमा नरहेको उनले बताए ।उङ्गिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ ।बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बगाएको छ ।

यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगाएको छ । माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्‍याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।यसैबीच, नेपाली सेनाले हवाईमार्गबाट जगत क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206