२५ आश्विन २०८३, आइतबार

पहाडमा वर्षाको सम्भावना हुँदा तराईमा मौसम सफा रहने

Logo
Pulse Khabar आइतबार, आश्विन २५, २०८३

काठमाडौं:देशका पहाडी तथा हिमाली क्षेत्रमा आज (आइतबार) पनि वर्षा र हिमपातको सम्भावना रहेको छ ।

तराईका अधिकांश स्थानमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदलीको अवस्था रहेको छ । हाल हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ ।

आइतबार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मुख्यतः मौसम सफा रहने अनुमान छ ।राति पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206