२४ आश्विन २०८३, शनिबार

लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता: मोरङ र सुनसरीमा नौ जना ब्राउन सुगरसहित समातिए

Logo
Pulse Khabar शनिबार, आश्विन २४, २०८३

विराटनगर:मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित नौ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति मोरङको रंगेली नगरपालिका-८ मा को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिटमुनि लुकाएर राखिएको १० ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ई-रिक्साचालक कानेपोखरी गाउँपालिका-७ का २१ वर्षीय अर्पन जोगी तथा ई-रिक्सामा सवार पथरी शनिश्चरे नगरपालिका-१ का रोसन विश्वकर्मा र रितेश लिम्बू छन् ।यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१६ बाट २ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाइकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई पक्राउ गरेको हो ।

सुनसरीको इनरुवा नगरपालिका-४, बसचोकबाट केराबारी गाउँपालिका-३ का २४ वर्षीय सुमन राई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । त्यस्तै, इटहरी उपमहानगरपालिका-२ का ३२ वर्षीय भविन प्रधान र ३० वर्षीय रविनकुमार प्रधान तथा इटहरी-३ का ३१ वर्षीय मुकेन्द्रकुमार राई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206