२३ आश्विन २०८३, शुक्रबार

सरकारले उखु किसानलाई डेढ अर्ब रुपैयाँ अनुदान दिने

Logo
Pulse Khabar शुक्रबार, आश्विन २३, २०८३

काठमाडौँ:सरकारले उखु किसानलाई एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुदान वितरणका लागि आवश्यक कार्यविधि स्वीकृत गरेको छ ।आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको एक अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ ।

उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व बढाउने र अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206