२३ आश्विन २०८३, शुक्रबार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: ७ हजार २५५ प्रतिनिधिले २९७ सदस्यीय नेतृत्व छान्दै

Logo
Pulse Khabar शुक्रबार, आश्विन २३, २०८३

काठमाडौं:नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) बिहानदेखि मतदान हुँदैछ ।

१५औँ महाधिवेशनअन्तर्गत ७ हजार २५५ प्रतिनिधिले पार्टीको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति छान्न मतदान गर्न लागेका हुन् ।मतपत्र छपाइमा भएको ढिलाइका कारण निर्धारित समयभन्दा एक दिन पछाडि सरेको निर्वाचनका लागि निर्वाचन समितिले आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । मतदान बिहान ७ बजेदेखि सुरु भई अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।मतदानका लागि काठमाडौंस्थित राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ । प्रतिनिधिहरूको प्रदेश, समूह तथा संस्थागत प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस निर्वाचनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्यहरू चयन हुनेछन् । निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।एक जना प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया केही लामो हुने देखिएको छ । मतदान स्थल निर्माणमा संलग्न व्यक्तिहरूका अनुसार एक प्रतिनिधिलाई मतदान गर्न औसतमा करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ ।यसअघि बिहीबारभित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन कार्यक्रम एक दिन लम्बिएको हो ।

राति मतदान गराउनुभन्दा बिहानै प्रक्रिया सुरु गर्नु उपयुक्त हुने निष्कर्षसहित निर्वाचन समितिले नयाँ समयतालिका तय गरेको थियो ।मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ । सबै पदको मतगणना पूरा भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । यद्यपि, मतगणना सम्पन्न भई अन्तिम परिणाम सार्वजनिक हुने समय भने निश्चित भइसकेको छैन ।मतदानले कांग्रेसको आगामी नेतृत्वको दिशा तय गर्नेछ । पार्टीको आन्तरिक शक्ति सन्तुलन, विभिन्न समूहको प्रभाव र नेतृत्वका आकांक्षीहरूको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206