२३ आश्विन २०८३, शुक्रबार

कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन आग्रह

Logo
Pulse Khabar शुक्रबार, आश्विन २३, २०८३

विराटनगर:पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (शुक्रबार) देशका विभिन्न भू–भागमा वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तथा कोशी प्रदेशको तराईमा भारी वर्षा हुन सक्नेछ ।महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली भू–भागसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ । अन्य भू–भागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।शुक्रबार दिउँसो पहाडी र हिमाली क्षेत्रमा मौसम थप बदली हुने अनुमान छ । ती भू–भागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।रातिसमेत वर्षाको सम्भावना कायमै रहने पूर्वानुमान छ ।

कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा तथा बागमती र गण्डकीका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा वर्षा र हिमपात हुन सक्नेछ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।राति कोशी प्रदेशको तराईका केही स्थानमा, मधेशका थोरै स्थानमा तथा बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ । विशेषगरी भारी वर्षा हुने स्थानमा स्थानीय अवस्था हेरेर यात्रा तथा बाहिरी गतिविधि सञ्चालन गर्न एवं आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206