२२ आश्विन २०८३, बिहिबार

भन्सार छलीका सामान बरामद

Logo
Pulse Khabar बिहिबार, आश्विन २२, २०८३

रूपन्देही:रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख १३ हजार ६०० मूल्य बराबरका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका विभिन्न स्थानबाट चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनबहादुर शाहीले जानकारी दिनुभयो ।प्रहरीका अनुसार बरामद सामानमा कपडा, खाद्यान्न तथा विभिन्न किराना सामान रहेका छन् । यसैगरी, विभिन्न प्रकारका फ्लावर पोट, टर्च तथा पटाका लगायतका सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भन्सार छली तथा अवैध चोरी पैठारी नियन्त्रणका लागि जिल्लाका सीमा क्षेत्र तथा विभिन्न स्थानमा नियमित चेकजाँच र निगरानी तीव्र पारेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।उहाँका अनुसार चाडपर्वको समयमा अवैध रूपमा सामान भित्र्याउने तथा चोरी पैठारीका गतिविधि बढ्न सक्ने भएकाले सीमा क्षेत्र तथा जिल्लाका विभिन्न स्थानमा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206