काठमाडौं:नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।
मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ ।आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५० हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ ।आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ९४ रुपैयाँ तोकिएको छ ।
