२० आश्विन २०८३, मंगलबार

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

Logo
Pulse Khabar मंगलबार, आश्विन २०, २०८३

बिराटनगर: बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि दैनिक एक करोड लिटर खानेपानी उपलब्ध हुनेछ ।

परियोजना सम्पत्र भएपछि बिराटनगरवासीले दसैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका हुन् ।जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को करिब रु दुई अर्ब ५४ करोड अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माणकार्य सम्पत्र भइसकेको नेपाल खानेपानी संस्थान बिराटनगरले जनाएको छ । परियोजना हस्तान्तरणका लागि अब करिब २५ दिन मात्र बाँकी रहेको संस्थानले जनाएको छ ।परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो । अधिकांश निर्माणकार्य निर्धारित समयभन्दा अगावै सम्पत्र भएको हो । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि तत्काल सम्पत्र गरी दसैँअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।खानेपानी संस्थान बिराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजनाको मुख्य निर्माणकार्य पूरा भइसकेको छ । उहाँले भत्रुभयो, “तोकिएको समयभन्दा अगावै अधिकांश काम सम्पन्न भएको छ । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि छिट्टै सक्नेगरी काम भइरहेको छ । दसैँअघि नै नयाँ प्रणालीबाट उपभोक्ताको घरघरमा पानी पुर्‍याउने तयारी छ ।”परियोजना सञ्चालनमा आएपछि बिराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ । हाल दैनिक करिब ९०(नब्बे)लाख लिटर पानी वितरण हुँदै आएकामा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ ।

परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ‘ओभरहेड’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ । बिराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा बिराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्याङ्की निर्माण गरिएको छ ।पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने र उपभोक्ताले नियमित तथा गुणस्तरीय पानी पाउने संस्थानको अपेक्षा छ । हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २०० ग्राहक छन् । परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन तथा तीव्र रूपमा बढिरहेको जनसङ्ख्याको माग धात्र सहज हुने संस्थानले जनाएको छ ।बिराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धता रहेको प्रमुख नागेश कोइरालाले बताउनुभयो । उहाँले परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेसँगै आफ्नो प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो । लामो समयदेखि खानेपानीको अपर्याप्तता एवं अनियमितता झेल्दै आएका बिराटनगरवासीका लागि परियोजना सञ्चालनसँगै ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
—

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206