१९ आश्विन २०८३, सोमबार

मोरङको बूढीगंगामा मोटरसाइकलको ठक्करबाट साइकलयात्री युवकको मृत्यु

Logo
Pulse Khabar सोमबार, आश्विन १९, २०८३

विराटनगर:मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोमबार बिहान एक युवकको मृत्यु भएको छ ।

दुई जना घाइते भएका छन् ।कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–२ मा मोटरसाइकलले साइकल यात्रीलाई बिहान ६ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्रदेश–०२–०६१ प ७८५२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका साइकल यात्रीलाई नेपाल फ्युल सेन्टर अगाडि ठक्कर दिएको हो ।साइकललाई ठक्कर दिनसाथ अनियन्त्रित भएको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिराहाको लहान नगरपालिका–३ का १८ वर्षीय डाइमन्डकुमार कुसवाहको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

अनुहार, टाउको र खुट्टामा चोट लागेका उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार लहान–२ का १७ वर्षीय राहुल कुसवाह घाइते भएका छन् । बायाँ हातमा चोट लागेका उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।त्यस्तै, मोटरसाइकलको ठक्करबाट साइकल यात्री सुनसरीको दुहबी नगरपालिका–१ का २२ वर्षीय साहजित मियाँ पनि घाइते भएका छन् ।

टाउको, अनुहार, दायाँ हात र खुट्टामा चोट लागेका उनको अवस्था मध्यम रहेको डीएसपी मिश्रले बताए ।दुवै जना घाइतेको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकल कसले चलाएको थियो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206