१९ आश्विन २०८३, सोमबार

पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

Logo
Pulse Khabar सोमबार, आश्विन १९, २०८३

सुनसरी : विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई सीप, अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा यही असोज १४ गतेदेखि इटहरीमा जारी श्रम रोजगार मेलालाई आइतबार सम्बोधन गर्दै मन्त्री पुनले विश्वविद्यालय तथा कलेजमा पठनपाठनसँगै अनुसन्धान, आविष्कार र नवप्रवर्तनका गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।विद्यार्थीलाई जागिर खोज्नेमात्र नभई नयाँ वस्तु तथा प्रविधिको विकास गरी त्यसको व्यवसायीकरणमार्फत आफैँ उद्यमी बन्न सक्ने बनाउनुपर्ने मन्त्री पुनको भनाइ थियो ।

“पढेरमात्रै जागिर पाइँदैन, पढाइको साथसाथै सीप हुनुपर्यो”, उहाँले भन्नुभयो, “नवप्रवर्तनमार्फत उत्पादित वस्तुको व्यवसायीकरण गरेर आफैँ उद्यमी बन्न सके जागिर खोज्नु पर्दैन ।” विश्वविद्यालय तथा कलेजमा नवप्रवर्तन केन्द्र स्थापना गरी आवश्यक उपकरण तथा स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालमा उपलब्ध जडीबुटीको अध्ययन, अनुसन्धान तथा प्रयोगका लागि आवश्यक प्रयोगशाला निर्माण गर्नुपर्ने मन्त्री पुनको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206