१८ आश्विन २०८३, आइतबार

हराएकी बालिकाको सकुशल उद्धार

Logo
Pulse Khabar आइतबार, आश्विन १८, २०८३

रूपन्देही:रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार, बालिका हराएको सूचना प्राप्त भएपछि खोजतलास गर्ने क्रममा उहाँलाई यही असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जङ्गलबाट सकुशल उद्धार गरिएको हो ।बालिका फेला परेपछि उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले शनिबार राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट तिलोत्तमा–१० शान्तिनगरका २७ वर्षीय युवराज थारुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ गर्ने क्रममा प्रतिरोध गरेपछि प्रहरीले थारुलाई घुँडामुनी गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206