१८ आश्विन २०८३, आइतबार

जङ्गली हात्ती मृत फेला

Logo
Pulse Khabar आइतबार, आश्विन १८, २०८३

सर्लाही:सर्लाहीको बागमतीस्थित बरम बाबा सामुदायिक वन क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।

बागमती नगरपालिका–४, बरम बाबा सामुदायिक वन नजिकै आज परबर खेतमा जङ्गली हात्ती मृत फेला परेको हो । बिहान खेतमा परबर टिप्न पुगेका खेत धनीले हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।यस क्षेत्रमा मध्यराति हात्ती कराएको आवाज समेत सुनिएको सोही स्थानका कृष्ण लामाले जानकारी दिनुभयो । राति जङ्गलमा हात्ती कराएको सुनिएको थियो । उहाँले भन्नुभयो, “यहाँ हरेक वर्ष धान, मकैखेतीको सिजनमा चितवन र पर्सा निकुञ्जबाट हात्तीको बथान आउने गरेको छ । गए राति पनि त्यही होला भन्ने लाग्यो । वास्ता गरिएन । बिहान त हात्ती मृत फेला प¥यो । हामीले प्रहरी र वन कार्यालयलाई खबर गरेका थियौँ ।”

अन्दाजी ३० देखि ३५ वर्षको वयस्क पोथी हात्ती मरेको सवडिभिजन वन कार्यालय मुर्तियाका प्रमुख सुवास योगीले बताउनुभयो । हात्ती मर्नुको कारण खुल्न नसकेको उहाँले बताउनुभयो । घटनाको मुचुल्का तयारी गरी हात्तीको सद्गत गरिने सवडिभिजन मुर्तियाका प्रमुख योगीको भनाइ छ । सो वडाका कार्यवाहक वडाध्यक्ष अर्थमान सिङ्ताका अनुसार उक्त क्षेत्रमा बेलाबेला चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणबाट ठूलो सङ्ख्यामा हात्तीको बथान आउने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206