१७ आश्विन २०८३, शनिबार

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खद्य सामग्री सहयोग

Logo
Pulse Khabar शनिबार, आश्विन १७, २०८३

काठमाडौँ: रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित सामुदायिक कुकुरलाई खाद्य सामग्री सहयोग गरिएको छ ।

विपद्का कारण बाटो अवरुद्ध भएपछि राहत तथा उद्धार सेवाबाट वञ्चित भएका रहेका कुकुरलाई नेपाल पशु कल्याण तथा वातावरण समाजले खाद्य सामग्री सहयोग गरेको हो । विपद्का कारण सडक र यातायात सम्पर्क विच्छेद हुँदा समस्यामा परेका कुुकुरलाई ‘टेम्पल डग रेस्क्यु’ को आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रमको हेलिकप्टरमार्फत रसुवाको स्याफ्रुबेँसी पुगेर खाद्य सामग्री सहयोग गरिएको हो ।नेपाल पशु कल्याण तथा वातावरण समाजकी अध्यक्ष सुमेदा गौतमले विपद्का कारण भोकै बस्न बाध्य कुकुरका लागि स्यार्फुबेँशीसम्म पुगेर खाद्य सामग्री सहयोग गरिएको बताउनुभयो । मानिसका लागि राहत पुगिरहेका बेला बोल्न नसक्ने निर्दोष जीवहरू भोकै नपरून् भन्ने उद्देश्यले पहल गरिएको उहाँको भनाइ थियो ।“मानिसका लागि राहत पुगिरहँदा बोल्न नसक्ने यी निर्दोष जीवहरू भोकै नपरून् भन्ने हाम्रो प्रयास हो, उनीहरूका लागि केही खाना पुर्याउन सक्नु ठूलो सन्तोषको विषय हो”, अध्यक्ष गौतमले भन्नुभयो ।

नेपाल पशु कल्याण तथा वातावरण समाजका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले विपद्का बेला पशुहरू उत्तिकै पीडित हुने भएकाले उनीहरूको जीवन र कल्याणलाई राहत तथा उद्धारको प्राथमिकतामा समेटिनुपर्ने बताउनुभयो ।“विपद् व्यवस्थापन मानिस केन्द्रित मात्र हुनुहुँदैन, मानिससँगै पशुको जीवन र कल्याणलाई राहत व्यवस्थापनको अभिन्न हिस्सा बनाउनुपर्छ”, उहाँले भन्नुभयो । पशु कल्याण तथा वातावरणको क्षेत्रमा लामो समयदेखि सक्रिय अमि कट्टेलले विपद्का समयमा पशुहरूको अवस्था झनै संवेदनशील बन्ने भएकाले उद्धार तथा राहतका हरेक प्रयासमा उनीहरूलाई प्राथमिकताका साथ समेटिनुपर्ने बताउनुभयो । उक्त समाजले स्यार्फुबेँसी क्षेत्रमा रहेका ६० भन्दा धेरै कुकुरलाई खाद्य सामग्री सहयोग गरेको छ ।
—

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206