१६ आश्विन २०८३, शुक्रबार

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

काठमाडौँ: सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ ।

उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी गड््तिर क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ ।अस्पतालमा उक्त सेवा सुरु भएसँगै त्यस क्षेत्रको मध्यपहाडी राजमार्ग र सुनकोशी गड्तिर क्षेत्रमा हुने प्राकृतिक विपद् तथा आकस्मिक दुर्घटनाका घटनापछि शव परीक्षणलाई जिल्ला सदरमुकाम लैजानुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएको छ ।दुई जना विशेषज्ञ चिकित्सक, दुई नर्सिङ अधिकृत, पाँच स्टाफ नर्स, छ प्यारामिडिक्स, एक फर्मासिस्ष्ट, एक ल्याव टेक्निसियनसहित २६ जना जनशक्ति दरबन्दी रहेको उक्त अस्पताल शव परीक्षण अनुमति प्राप्त जिल्लाको चौथो स्वास्थ्य संस्था हो ।

यसअघि सिन्धुली जिल्ला अस्पताल, दूधौली आधारभूत अस्पताल, हरिहरगढी आधारभूत अस्पतालबाट त्यो सेवा उपलब्ध हुँदै आएको थियो । पन्ध्र शय्याको उक्त आधारभूत अस्पतालको नयाँ भवन अघिल्लो वर्ष निर्माण सम्पन्न भई नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । क्त अस्पतालबाट हाल दैनिक ७० देखि १०० जनाले स्वास्थ्य सेवा लिइरहेको जनाइएको छ ।राज्यद्वारा जनतालाई प्रदान गरिने स्वास्थ्यसहितका सेवा सुविधा स्थानीय तहबाटै सहज, सुलभ र सरल रूपमा गराउने राष्ट्रिय अठोटअनुरुप सञ्चालित उक्त अस्पतालाई थप सवल तुल्याउँदै लगिने पालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206