१६ आश्विन २०८३, शुक्रबार

इलाम दौड प्रतियोगिता: पुरुषतर्फ रितिक र महिलातर्फ आयुष्मा प्रथम

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

इलाम:बालबालिकाको क्षमता, सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले इलाममा ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ।

ज्योति विद्या मन्दिर बाल क्लबको आयोजना तथा इलाम नगरपालिका–८ को सहकार्यमा भएको प्रतियोगितामा १३ विद्यालयका ५६ विद्यार्थी सहभागी भएका थिए ।तिल्केनीबाट सुरु भएको दौड जिरो किलोमिटर, ठूलो टुँडिखेल, चोक बजार र धोबीधारा हुँदै पुनः तिल्केनीमै पुगेर सम्पन्न भएको थियो ।छात्रातर्फ आयुष्मा राई प्रथम, खुसी गुरुङ द्वितीय, रबिना नेपाली तृतीय र सञ्जना सुवेदी सान्त्वना भइन्।

यस्तै, छात्रतर्फ रितिक राई प्रथम, आनन्द सुवेदी द्वितीय, आर्यन बेगा तृतीय र प्रितम राईले सान्त्वना पुरस्कार पाए।प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। आयोजकले बालबालिकामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206