१६ आश्विन २०८३, शुक्रबार

उदयपुर र इलाममा छुट्टाछुट्टै घटना: दुई जनाको ज्यान गयो

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

विराटनगर:उदयपुर र इलाममा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

उदयपुरमा उत्तिसको रुखले किचेर एक जनाको मृत्यु भएको छ भने इलाममा घाँस काट्ने क्रममा खोल्सीमा लडेर अर्का एक जनाको ज्यान गएको हो ।उदयपुरको रौतामाई गाउँपालिका–४ निगालेका ४८ वर्षीय गुञ्जबहादुर राईको रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो २ः३० बजे स्थानीय विदुर रोक्काको मालबासेस्थित बारीमा उत्तिसको रुख ढाल्ने क्रममा सोही रुखले किचेर राई गम्भीर घाइते भएका थिए ।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रौतापोखरीबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ९ः२० बजेतिर उनलाई मृत घोषणा गरिदिएका हुन् ।

त्यस्तै, इलामको फाकफोकथुम गाउँपालिका–१ युकरुम्बाका ६० वर्षीय थिरप्रसाद नेपालको खोल्सीमा लडेर मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १ बजेतिर घरबाट चियाबारीमा घाँस काट्न गएका नेपाल अचानक खोल्सीमा लडेर घाइते भएका थिए ।उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206