१६ आश्विन २०८३, शुक्रबार

विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

काठमाडौँ: ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट शृङ्खला–२ का लागि नेपाल क्रिकेट सङघ (क्यान)ले आज १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

यही असोज २१ गतेदेखि सुरु हुने विश्वकप क्रिकेट लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् । उक्त शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

टोलीमा कप्तान सन्दीपसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल समावेश छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206