अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरान संलग्न भएको पुष्टि भए इरानले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको बताउँदै जिम्मेवार पाइएमा ‘उनीहरूलाई धेरै कडा चोट लाग्नेछ’ भन्नुभयो ।विमानमा सह–पाइलटले कप्तानमाथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रणका लागि सङ्घर्ष भएको थियो । साउदी अरेबियामा आपत्कालीन अवतरण गरिएको विमानका यात्रुलाई पछि अर्को उडानमार्फत इजरायल पठाइएको थियो । साउदी अरेबियाको प्रारम्भिक अनुसन्धानले सह–पाइलटले कप्तानमाथि आक्रमण गरेको देखाएको जनाएको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सह–पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित भएको बताउँदै विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लगाउनुभएको छ । युएईका प्रमुख अभियोजकले घटनामा आतङ्कवादी गतिविधि वा त्यस्तो उद्देश्य भए–नभएको अनुसन्धान भइरहेको बताएका छन् । नेतान्याहुले सह–पाइलट ओमानी नागरिक भएको र इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिकलाई इजरायल जाने उडानमा काम गर्न दिइएको विषयमा पनि जाँच हुने बताउनुभएको छ ।भारतीय नागरिक क्याप्टेन स्मिट मच्छरमाथि आक्रमण भएपछि यात्रुहरूले सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए ।
फ्लाइटराडार २४ का अनुसार विमान एक मिनेटमा करिब १७ हजार फिट तल झरेको थियो । घाइते क्याप्टेन मच्छरको स्वास्थ्य राम्रो रहेको भारतीय दूतावासले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको साहसको प्रशंसा गर्नुभएको छ ।फ्लाईदुबईले आफ्ना अर्का ड्युटीमा रहेका चालकदलका सदस्यले विमानलाई सुरक्षित अवतरण गराएको जनाएको छ । अनुसन्धान जारी रहेकाले इजरायलका लागि उडान स्थगित गरिएको कम्पनीले जनाएको छ ।यसैबीच, अमेरिकी सैन्य उपस्थिति मध्यपूर्वमा बढिरहेका बेला ट्रम्पको चेतावनी आएको हो । ‘एक्सियोस’ का अनुसार अमेरिकाले साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ भने युएसएस थियोडोर रुजवेल्ट विमानवाहक पोतसहितको युद्धपोत समूह मध्यपूर्वतर्फ गइरहेको छ ।इजरायली राष्ट्रपति आइज्याक हर्जोगले सह–पाइलटलाई नियन्त्रणमा लिन र विमान दुर्घटनाबाट जोगाउन सहयोग गर्ने पाँच इजरायली नागरिकलाई सम्मान गर्ने बताउनुभएको छ ।
