१६ आश्विन २०८३, शुक्रबार

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थाल्यो

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं:नेपालबाट यस वर्षको मनसुन बाहिरिने क्रम सुरु हुने भएको छ ।

मौसमविद्हरूका अनुसार हाल ठूलो वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले अबको केही दिनमा मनसुन क्रमशः कमजोर हुँदै जाने संकेत देखिएको छ ।मौसमविद् बिनु महर्जनका अनुसार भारतका अधिकांश भूभागबाट मनसुन बाहिरिसकेको छ । नेपालमा पनि पश्चिमी भू–भागबाट मनसुन बाहिरिने प्रक्रिया सुरु हुने क्रममा छ । ‘अहिलेसम्मको संकेत हेर्दा दशैंसम्ममा मनसुन बाहिरिन सक्ने सम्भावना छ,’ मौसमविद् महर्जनले भनिन् ।यस वर्ष नेपालमा गत ५ असारमा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ । यद्यपि मनसुनको आगमन र बहिर्गमनको मिति वर्षअनुसार केही दिन तलमाथि हुने गरेको छ ।

अस्तिसम्म पनि मनसुन सक्रिय रहँदा देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । पछिल्लो समय भने मनसुनी गतिविधि कमजोर बन्दै गएको मौसमविद्हरूले बताएका छन् । मौसमविद् उज्वल उपाध्यायका अनुसार मनसुन कमजोर हुँदै गए पनि केही दिनसम्म हल्का वर्षाको सम्भावना भने कायमै रहनेछ ।मौसमविद् विनोद पोखरेलले पनि दशैंका बेला सिमसिमे पानी पर्ने सम्भावना रहेको बताएका छन् । उनका अनुसार त्यस्तो वर्षाले चिसो महसुस गराउन सक्छ ।यस वर्ष घटस्थापना असोज २५ गते र टीका कात्तिक ४ गते परेको छ । मनसुन बाहिरिएपछि पनि स्थानीय मौसमी प्रणालीका कारण छिटपुट वर्षा हुनसक्ने भएकाले दशैंमा मौसम पूर्णतः सुख्खा नै हुन्छ भन्ने अवस्था भने नरहेको मौसमविद्हरूको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206