१६ आश्विन २०८३, शुक्रबार

माइजोगमाईमा दसैँ-दीपावलीको रौनक: भव्य फुटबल प्रतियोगिता हुने

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

इलाम:बडा दसैँ तथा शुभ दीपावलीको अवसरमा इलामको माइजोगमाई गाउँपालिका–४ नामसालिङमा खुला पुरुष नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

ज्योति स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगिता यसपटक सेभेन ए साइड ढाँचामा सञ्चालन गरिनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २२ गतेसम्म टिम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विजेता तथा उपविजेता टोलीलाई ट्रफी र मेडलसमेत प्रदान गरिनेछ ।

प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फुटबलसँगै दर्शकको मनोरञ्जनका लागि विभिन्न खेल तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।दसैँ तथा दीपावलीको अवसरमा खेलकुद र मनोरञ्जनमार्फत उत्सवलाई थप रमाइलो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको ज्योति स्पोर्टिङ क्लबले जनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206