१५ आश्विन २०८३, बिहिबार

कोशीका ५७७ वडामा कांग्रेस अधिवेशन सम्पन्न, देउवा समूहद्वारा प्यानलसहित उम्मेदवारी

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

काठमाडौं:नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले पहिलो दिन कोशी प्रदेशमा सबैभन्दा बढी वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।

निर्वाचन समिति संयोजक एगराज पोखरेलले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार कोशीका ५ सय ७७ वडामा अधिवेशन सम्पन्न भएको छ । देशभर पहिलो दिन ३ हजार १९१(एक सय एकान्नब्बे) वडामा अधिवेशन सम्पन्न भएको समूहले जनाएको छ ।बागमती प्रदेशमा ५ सय ६३, लुम्बिनीमा ५ सय ५०, सुदूरपश्चिममा ४ सय ५६, मधेशमा ४ सय २, गण्डकीमा ३ सय ८६ र कर्णालीमा २ सय ५७ वडामा अधिवेशन सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

बाँकी वडाको अधिवेशन असोज १८ गतेसम्म जारी रहने जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206