१५ आश्विन २०८३, बिहिबार

अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयार

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ:सरकारले पूर्ण तथा अतिअशक्त एवं अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयारी गरेर रायका लागि अर्थमन्त्रालय पठाएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले उक्त कार्यविधिको मस्यौदा रायसुझावका लागि पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७७ को नियम ९ बमोजिम सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवाको व्यवस्था कार्यान्वयनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिनेछ ।“मन्त्रालयले व्यक्तिगत सहयोगी सेवासम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी मिति २०८०/०९/१८ को निर्णयानुसार रायसुझावका लागि अर्थ मन्त्रालयमा पठाएकामा तत्कालिन अवस्थामा स्पष्ट राय प्राप्त नभएकोले चालु आव २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत व्यक्तिगत सहयोगी सेवा सम्बन्धमा अध्ययन गर्ने कार्यक्रम रहेको छ”, उहाँले भन्नुभयो । अध्ययनमा व्यक्तिगत सहयोगी सेवाको आवश्यकता, सेवा प्राप्त गर्ने व्यक्तिको अवस्था, सेवा प्रदायकको भूमिका, सेवा सञ्चालनको मापदण्ड, आर्थिक दायित्व र कार्यान्वयनको प्रभावकारितालगायत विषय समेटिने मन्त्री बादीले बताउनुभयो ।

मन्त्रालयको अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा पूर्ण रूपमा एकीकृत गरी ७५३ वटै स्थानीय तहमा विस्तार गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । यसबाट अपाङ्गता भएका व्यक्तिको अद्यावधिक तथ्याङ्क तथा व्यक्तिगत सहयोगी सेवा आवश्यक पर्ने व्यक्तिको पहिचान र आवश्यकताको आकलनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।मन्त्री बादीले व्यक्तिगत सहयोगी सेवा प्रभावकारी, पारदर्शी, पहुँचयोग्य र दिगो बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने बताउनुभयो । त्यसका लागि अपाङ्गता भएका व्यक्तिका संस्था, स्थानीय तह, प्रदेश सरकार, सम्बन्धित निकाय तथा विज्ञसँग परामर्श गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206