१५ आश्विन २०८३, बिहिबार

कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ:कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उद्योग र बजारसँग जोड्दै उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।मन्त्री चौधरीले रासायनिक मलको आपूर्ति अन्तरराष्ट्रिय बजारमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपालमा समेत असर पर्ने बताउनुभयो । यस वर्षका लागि उपलब्ध रासायनिक मललाई व्यवस्थित गर्ने र आगामी दिनमा उद्योग स्थापना तथा स्वदेशमै उत्पादनको सम्भावनालाई अघि बढाउने गरी काम भइरहेको उहाँको भनाइ छ ।मन्त्री चौधरीले कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने, वन क्षेत्रलाई उद्योगसँ आबद्ध गर्ने तथा काठको वैज्ञानिक उत्पादन र प्रवर्द्धन गर्ने भन्ने विषयमा सम्बन्धित निकाय तथा संयुक्त राष्ट्रसङ्घीय निकायसँग समेत छलफल भइरहेको बताउनुभयो ।काठ उत्पादनका लागि ‘काठको खेती’ को अवधारणालाई समेत अघि बढाउन सकिने उल्लेख गर्दै मन्त्री चौधरीले ती विषयलाई सम्बन्धित ऐनमा समेट्ने गरी काम भइरहेको स्पष्ट पार्नुभयो ।

मल व्यवस्थापनमा चुनौती : सचिव मिश्र सो अवसरमा मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले माग अनुसारको आपूर्ति नहुँदा रासायनिक मल व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो ।उहाँले रासायनिक तथा प्राङ्गारिक मलको आपूर्ति र वितरण प्रणालीमा सुधारका लागि विभिन्न कार्यक्रम अघि बढाइको जानकारी दिनुभयो ।रासायनिक मलको माग र आपूर्तिबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै सचिव मिश्रले भन्नुभयो, “हामीलाई करिब आठदेखि साढे आठ लाख टन मल आवश्यक पर्छ, अहिले पाँचदेखि साढे पाँच लाख टनको हाराहारीमा मात्रै आपूर्ति भएको छ ।”उहाँले रासायनिक मल वितरण प्रणालीलाई भरपर्दाे र सन्तुलित तुल्याउन स्थानीय तहसम्म अनुगमन चुस्त बनाइएको जानकारी दिनुभयो । सचिव मिश्रले मल वितरण प्रणालीमा देखिएका कमजोरी सुधारका लागि मन्त्रालय निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206