२९ आश्विन २०८३, बिहिबार

बिर्तामोडमा असोज १६ देखि ‘किताब मेला’

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

भद्रपुर (झापा): पठन संस्कृतिको विकास तथा पुस्तक पढ्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा चौथो संस्करणको ‘किताब मेला २०८३’ आयोजना हुने भएको छ ।

इशा बुक सेन्टर बिर्तामोड, झापाली साहित्य समाज र साहित्य पत्रकार मञ्च बिर्तामोडको संयुक्त आयोजनामा असोज १६ देखि ३० गतेसम्म किताब मेला सञ्चालन हुन लागेको हो ।पछिल्लो समय पुस्तक पढ्नेको सङ्ख्या घट्दै गएको अवस्थामा पठन संस्कृतिको विकासका लागि मेलाको आयोजना गरिएको किताब मेला संयोजक केशवप्रसाद मैनालीले बताउनुभयो । “पुस्तक पढ्ने संस्कृतिको विकास र पाठकलाई विभिन्न विधाका पुस्तकसँग जोड्ने उद्देश्यले मेला आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

मेलामा पाँच हजारभन्दा बढी पुस्तक राखिने जनाइएको छ । विभिन्न विधा तथा उमेर समूह अनुसारका पुस्तकमा १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संयोजक मैनालीले जानकारी दिनुभयो । मेलामा लेखकसँग संवाद, कविता तथा गजल वाचन, लक्की ड्रलगायतका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206