१६ आश्विन २०८३, शुक्रबार

पर्वतको नयाँपुलमा एकतर्फी यातायात सञ्चालन

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

गण्डकी: कालीगण्डकी नदीमा गत आइतबार आएको बाढीले सडक कटान गर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आजदेखि सञ्चालन भएको छ ।

कुश्मा नगरपालिका–१ नयाँपुलमा सडक कटान भएको ठाउँमा अस्थायी मार्ग निर्माण गरी एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार नयाँपुलको सडक बनेसँगै उक्त लोकमार्गको पर्वत खण्डमा सिधा यातायात सञ्चालन भएको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुल सञ्चालनमा आउन भने अझै केही दिन लाग्ने छ ।पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बाढीले बगाएको मालढुङ्गा पुलको पहुँच सडक पुनःनिर्माणको काम भइरहेको बताउनुभयो ।

बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध भएको थियो । कतिपय ठाउँमा एकतर्फी रुपमा सडक सञ्चालनमा आए पनि ठूलो क्षति पुगेका ठाउँमा यातायात सहज हुन अझै केही दिन लाग्ने देखिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206