काठमाडौं:नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बुधबार प्रतितोला २ लाख ९३(त्रियान्नब्बे) हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । आज प्रतिदस ग्राम छापावाल सुनको मूल्य २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला चाँदी ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ भने प्रतिदस ग्रामको मूल्य ३ हजार ७ सय ९४(चौरान्नब्बे) रुपैयाँ तोकिएको छ ।
