१४ आश्विन २०८३, बुधबार

अझै निकाल्न नसकिएको राइनो क्रुज

Logo
Pulse Khabar बुधबार, आश्विन १४, २०८३

चितवन: नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन ।

बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई क्रेनमार्फत पल्टाइता पनि बाहिर भने अझै निकाल्न नसकिएको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिनुभयो ।केही समयअघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ सहज नभएपछि नवलपरासीको गैँडाकोट लगेर चलाइएको थियो । अध्यक्ष ढुङ्गेलका अनुसार, गत असारबाट गैँडाकोटस्थित होटल रिभर क्राउनले उक्त क्रुज खरिद गरी नजिक नदी किनारमा सञ्चालन गरिरहेको थियो । सञ्चालक ढुङ्गेलका अनुसार त्यसका लागि क्रुज ३० जना साझेदारले रु १५ करोड लगानी गरेका थिए । त्यसमध्ये क्रुजको मात्र लागत रु १० करोड रहेको छ । उहाँले भन्नुभयो, “बाढीले बगाएपछि अब यसै क्रुज सञ्चालन गर्नसक्ने अबस्था छैन । त्यसमा रु १० करोड बढी नोक्सान भएको छ ।”

उक्त क्रुज सञ्चालन राष्ट्रिय गौरवको आयोजना भएकाले पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यकपर्ने सञ्चालकको भनाइ छ । कम्पनीले १५० जना यात्रुलाई देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको थियो । करिब ९५ फिट लामो र २१ फिट चौडा रहेको साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सकिने छ ।क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेज र विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था थियो । खासगरी चितवनको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उदेश्यले परियोजनाका रुपमा क्रुज सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206