१४ आश्विन २०८३, बुधबार

सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल

Logo
Pulse Khabar बुधबार, आश्विन १४, २०८३

सुनसरी: सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै रोजगारीबाट मात्र मुलुकको अर्थतन्त्रको जग बलियो हुने धारणा राख्नुभएको छ । उहाँले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सीपयुक्त, उत्पादनशील र रोजगारी सिर्जना गर्नसक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । आन्तरिक श्रमबजारको माग र उपलब्ध जनशक्तिको सीपबीच पर्याप्त तालमेल हुन नसक्दा युवा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी सार्क संवाद’ विषयमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ ।

मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ । आज दिउँसो १२ः०० बजेदेखि ५ः०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थी समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ तथा रोजगारदाता र तालिम प्रदायकसम्बन्धी सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ ।असोज १५ देखि १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुने आयोजकले जनाएको छ । मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफल निरन्तर सञ्चालन हुनेछन ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206