१४ आश्विन २०८३, बुधबार

बाख्रापालक कृषकलाई अनुदान सहयोग

Logo
Pulse Khabar बुधबार, आश्विन १४, २०८३

भोजपुर: हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

ग्रामीण भेगका बासिन्दाको जीवनस्तर उकास्ने र कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँपालिकाले अनुदान सहायता उपलब्ध गराएको हो । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु दुई लाख २० हजार बजेटबाट स्थानीय पाँच वटा कृषि फार्मलाई प्रत्यक्ष अनुदान सहयोग पु¥याएको छ । गाउँपालिकाको पशु सेवा शाखा प्रमुख राजेन्द्रसिंह महराका अनुसार अनुदान पाउने फार्ममा मधुटार कृषि फार्म, धारपानी कागतीखेती कृषि फार्म, न्यु उन्नत कृषि, शिशिर कृषि फार्म र पात्लेपानी कृषि फार्म रहेका छन् । अनुदान सहयोगमा किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ । स्थानीय तहमा साना तथा मझौला किसानको हौसला बढाउन र परम्परागत पशुपालनलाई व्यावसायिक रूप दिन उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृषकबाट प्राप्त उत्साहजनक प्रतिक्रियालाई ध्यानमा राख्दै चालु आवमा अनुदान कार्यक्रमलाई निरन्तरता दिन लागिएको उहाँले बताउनुभयो ।कार्यक्रमअन्तर्गत कृषकको उत्पादन क्षमता बढाउन उन्नत जातका बोका तथा माउ बाख्रा वितरण गरिएको छ । यसका साथै, स्थानीयस्तरमा रहेका पुराना तथा परम्परागत खोरलाई आधुनिक, सफा र व्यवस्थित बनाउन आवश्यक वित्तीय सहयोग पु¥याइएको छ ।

बाख्रापालनमा आउनसक्ने महामारीजन्य रोगबाट हुने क्षति रोक्न गाउँपालिकाले खोप सेवासमेत घरदैलोमै पु¥याउँदै आएको छ । यसले कृषकको पशुधन सुरक्षित हुनुका साथै व्यवसायमा उत्साह बढेको छ ।हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाभित्र कृषि तथा पशुपालनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर नीति, योजना तथा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई गाउँमै रोक्न र साना कृषकलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउन पालिकाले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।स्थानीय तहमै अनुदान, उन्नत नस्ल र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने आशा बढेको किसानको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206