१४ आश्विन २०८३, बुधबार

एसियाली खेलकुदः जुडोमा चार खेलाडी पराजित

Logo
Pulse Khabar बुधबार, आश्विन १४, २०८३

काठमाडौँ:जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालका चारै जना खेलाडी पराजित भएका छन् ।

जापानको ऐचि इन्टरनेसनल एरिनमा आज भएकोे खेलमा नेपालका चारै जना खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन् । पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् ।महिला ५२ केजी तौल समूहमा नेपालकी देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भइन् ।

त्यस्तै महिला ४८ केजी समूहमा अर्का खेलाडी निशा हङ्कङकी वङ का लीसँग पराजित भइन् ।त्यस्तै पुरुष ६६ केजी तौल समूहमा विशेष हङ्कङका वङ का कीसँग पराजित भए । पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206