१३ आश्विन २०८३, मंगलबार

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

Logo
Pulse Khabar मंगलबार, आश्विन १३, २०८३

गुल्मी:वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

कालीगण्डकी गाउँपालिका-२ राक्सेमा गत बिहीबार राति सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।अवरुद्ध सडक खुलाउन वर्षा रोकिएपछि सोमबादेखि नै स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त सडकखण्डअन्तर्गत विशेषगरी हर्मिचौर-अर्वेनी-पुर्तिघाट क्षेत्रमा चारदेखि पाँच स्थानमा ठूला ढुङ्गासहितको पहिरो खसेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको हो । शाखा सडकमा खसेका पहिरो स्थानीय तहले पन्छाइरहेको भए पनि मुख्य सडकमा सडक डिभिजन कार्यालयले तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो ।

“मुख्य सडकमा ठूलो पहिरो खसेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई‐तीन दिन लाग्न सक्छ”, अध्यक्ष थापाले भन्नुभयो । सडक चाँडो सञ्चालनमा ल्याउन सकिने सम्भावनाबारे स्थानीय प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोलीसमेत पहिरोग्रस्त क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।लामो समयदेखि सडक अवरुद्ध हुँदा उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल, पोखरा आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन् । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ । सदरमुकाम तम्घास आउजाउ गर्ने सेवाग्राहीसमेत मर्कामा परेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206